१५ श्रावण २०८३, शुक्रबार
,
Latest
वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै



अ+ अ-

पोखरा । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूले थुनछेक बहस गर्दैछन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस गर्न लागेका हुन् ।

यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविराज जोशी र लीला पछाईको तर्फबाट थुनछेक बहस भएको थियो । कृष्णबहादुर गुरुङ उनकी छोरी गण्डकीकी पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन बाँकी रहेको छ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।