१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमकोटमा हट्यो निषेधाज्ञा



अ+ अ-

रुकुम । रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको हो ।
 
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक आजै बसेर रुकुमकोटमा जारी निषेधाज्ञा हटाइएको जानकारी गराएको छ । जिल्लामा समुदायस्तरमै कोरोनाको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले यही असोज ७ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । 

रुकुमकोटमा निषेधाज्ञा जारी हुनुभन्दा दुई साताअघिदेखि रुकुमकोट बन्द गरिएको थियो । रुकुमकोटमा निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । 

अहिले सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै दैनिक कामकाज गर्ने गरी निषेधाज्ञा हटाएको प्रजिअ राईको भनाइ छ । जिल्लावासीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको  पनि प्रशासनले निगरानी गर्ने छ । कोहीकसैले  लापरबाही गरेको पाइएमा सङ्क्रामक रोग ऐनअनुसार कारवाही गरिने प्रजिअ राईले बताउनुभयो । अहिलेसम्म जिल्लामा कुल ७४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या  ३२  छ ।