२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीको क्षेत्रमा भइरहेका कामको नतिजा देखिने गरी काम गरौँ : मन्त्री यादव



अ+ अ-

बुटवल : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई वितरण गर्नका लागि निर्माण भइरहेका खानेपानी आयोजनामा नतिजा देखिने गरी तोकिएको समयमा काम सम्पन्न हुनु पर्ने बताउनु भएको छ ।

आज बुटवल स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको निरीक्षण एवं अनुगमन गर्नु हुँदै मन्त्री यादवले मानिसलाई बाच्नका लागि आवश्यक पर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामहरुको नतिजा देखिने गरी समयमै काम गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानिसलाई बाच्नका लागि आवश्यक पर्ने सबै भन्दा महत्वपूर्ण चिज भनेको पानी हो । नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उदेश्यले सञ्चालनमा रहेका हाम्रा सबै खानेपानी आयोजनाहरुको नतिजा देखिने गरी काम गरौँ ।”

सोही क्रममा मन्त्री यादवले हाल सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुमा कुनै पनि समस्या आईपरे अथवा बाधा अवरोध सृजना भए सो कुराको जानकारी तत्काल आफुलाई सहित मन्त्रालयमा गराउन समेत उहाँले सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी जस्तो अत्यावश्यक चिजमा बाधा अवरोध हुनु हुँदैन । कति कतै कुनै समस्या आइपरे त्यसको जानकारी मलाई सहित मन्त्रालयमा गराउनु होला । समस्याको समाधान हामीले निकाल्ने छौँ ।”

अनुगमन तथा निरीक्षणकै क्रममा मन्त्री यादवले हाल निर्माणाधिन अवस्थामा रहेका खानेपानीका आयोजनाहरुमा केही निर्माण व्यवसायीहरुले विभिन्न बाहना बनाएर काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको भन्ने जन गुनासो सुनिएकाले निर्माणमा ढिला सुस्तिको काम तत्काल बन्द गर्न समेत आग्रह गर्नुभयो ।

“नागरिकका लागि अत्यावश्यक पर्ने खानेपानी आयोजना निर्माणमा ढिलाई गर्ने लगायतका कुनै पनि बाहना स्वीकार्य हुँने छैन,” उहाँले भन्नुभयो, “बाहना बनाएर काम ढिलो गर्ने तोकिएको समयमा आयोजना सम्पन्न नगर्नेका बिरुद्ध मन्त्रालय बाध्य भएर कानुनी बाटो खोज्ने छ ।”

उक्त निरीक्षण एवं अनुगमनमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, सहसचिव राजेन्द्र सापकोटा, खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, संस्थानका निमित्त महाप्रवन्धक त्रिदिपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख निरन मर्हजन, प्रधान कार्यालयका प्रमुख बुद्धरत्न मर्हजन, मोहनदत्त भट्ट, आयोजना प्रमुख मन्दिप श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।




भर्खरै