२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकुल ढकाललाई पुरानै जिम्मेवारीसहित पार्टीमा फर्काउन माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्व महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ ।

पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् ।

पार्टी आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस भएको भन्दै निवेदनमा लेखिएको छ‚‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठुलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ । त्यसका लागी केहि कोर्स करेक्सन आवश्यक छन् । राइट टु रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु । यसर्थ, पार्टीमा डा मुकुल ढकाललाई पुरानै जिम्मेवारी सहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु ।’

निवेदनमा थप लेखिएको छ‚ ‘यसर्थ, एक आपसका सबै तुष सबै पक्षबाट त्यागौँ र सङ्कटको यो घडी फुटेर होइन, जुटेर सामना गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताका लागी एउटा बलियो र भरोसायुक्त पार्टीको रूपमा स्थापना गरौँ ।’