१५ श्रावण २०८३, शुक्रबार
,
Latest
देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाइ र लगानी आकर्षित गर्न सरकारले नयाँ भन्सार ऐन ल्याएको होः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरानो भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन धेरै संशोधन गर्नुपरेकाले सरकारले नयाँ भन्सार ऐन ल्याउनुपरेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई  संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन विगतको ऐन धरै संशोधन गर्नुपर्ने भएकाले नयाँ भन्सार ऐन आवश्यक महशुस गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्सार महशुल सम्बन्धमा छुट्टै भन्सार ऐन, २०८१ पारित भएर कार्यान्वयनमा आएको बताउनु भयो । उहाँले भन्सार महशुल सम्बन्धमा छुट्टै भन्सार ऐन, २०८१ मा ऐनमा व्यवस्था भएर दोहोरो रुपमा रहेका कतिपय दफाहरु झिक्ने वा परिमार्जन गर्नुपर्ने आवश्यकताहरु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वर्तमान भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन विगतको ऐन धरै संशोधन गर्नुपर्ने भएकाले नयाँ भन्सार ऐन आवश्यक महशुस गरिएको हो । २०७७ जेठ २२ गते मन्त्रीपरिषद्को निर्णयअनुसार २०७७ असार ४ गते भन्सार विधेयक, २०७७ संघीय संसदमा पेश गर्न संसद सचिवालयमा पठाएको थियो । संसदमा छलफल र संवाद गर्न सम्भव भएन । फेरी संसदमा छलफलको लागि समितिमा आएको छ ।  भन्सार महशुल सम्बन्धमा छुट्टै भन्सार ऐन २०८१ पारित भएर कार्यान्वयनमा आएको छ । प्रश्तुत ऐनमा परिसकेका समितिमा विचारधिन रहेको विधेयकमा दोहोरो रुपमा रहेका कतिपय दफाहरु झिक्ने वा परिमार्जन गर्नुपर्ने आवश्यकताहरु छन् ।’

उहाँले नयाँ भन्सार विधेयक समग्र भन्सार प्रणालीलाई प्रविधिमैत्री र लगानी आकर्षित गर्ने किसिमले अगाडि सारिएको बताउनु भयो । उहाँले नयाँ भन्सार ऐन आएसँगै भन्सार प्रणाली व्यवस्थित बन्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।