१ असार २०८३, सोमबार
,
Latest
कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनी–जोमसोम सडक १८ दिनपछि सञ्चालन



अ+ अ-

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ । 

म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि भदौ २९ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत बन्द भएको थियो । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाउने, नयाँ बाटो खोल्ने र डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो । 

भिरमा चट्टान फुटाउनका लागि नेपाली सेनाको सहयोगमा विष्फोटक पदार्थसमेत प्रयोग भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङमा आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र स्याउ बजार पठाउन रोकिएको थियो । 

सडक खुलेपछि सवारी साधन गन्तव्यतर्फ लागेका आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । ठाउँठाउँमा गाडी परिवर्तन गर्नुपर्ने समस्या हटेको उहाँले बताउनुभयो । यसअघि असार २६ गतेदेखि अवरुद्ध सडक भदौ ९ गते ४५ दिनपछि सञ्चालन भएको थियो । मुस्ताङवासीको जनजीवनलाई सहज बनाउन, विकास निर्माणका कामलाई गति दिन र करोडौँ मूल्यका स्याउ समयमै बजार पु¥याउनका लागि बेनी–जोमसोम सडकमा नियमित सवारी सञ्चालन गराउन पहल गरिएको सांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो । आयोजना, निर्माण कम्पनी, स्थानीय प्रशासन, सुरक्षा निकाय, पालिकासँग समन्वय गरेर सडक खुलाउन पहल गरिएको उहाँले बताउनुभयो । 

बेनीमा योगहल निर्माण 

बेनी नगरपालिका–८ कालीपुलमा योग भवन निर्माण भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा तला थपेर योग अभ्यासका लागि एक कोठे सभाहल भएको भवन निर्माण भएको हो । 

सो योगहल थेरापियुटिक योग ९रोगसम्बद्ध योग०का लागि प्रयोग गरिने केन्द्रका प्रमुख चिकित्सक मधुकरजी ढकालले बताउनुभयो । ढाड, घुँडाको हड्डी खिइएकाजस्ता समस्या भएका बिरामीलाई योगको माध्यमबाट उपचार सेवा शुरु गर्न लागिएको उहाँले बताउनुभयो । 

सो हलमा एक पटकमा बीस जनाभन्दा बढीले योग गर्न सक्ने क्षमताको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा ठेक्का प्रक्रियाबाट योगहल निर्माण भएको प्रमुख ढकालले बताउनुभयो । 

रु १९ लाख ३० हजार ९५९ लागत अनुमान गरिएको योगहल बनाउन भगवती मालिका कन्स्ट्रक्सनले रु १५ लाख ९५ हजार ८५५ मा ठेक्का सम्झौता गरेको थियो । कोरोनाको जोखिम र लकडाउनको असहज अवस्थाका बाबजुद स्थानीय मजदूर परिचालन र निर्माण सामग्री जुटाएर छोटो समयमा योगहल बनाएको निर्माण व्यवसायी गोपालप्रसाद भट्टचनले बताउनुभयो ।  




भर्खरै