२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी प्रकरणः पक्राउ परेकाहरूको बयान अन्तिम चरणमा, आजैबाट थुनछेक बहस



अ+ अ-

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको बयान अन्तिम चरणमा पुगेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट जारी बयान अन्तिम चरणमा पुगेको हो ।

अहिले आरती गुरुङको बयान चलिरहेको र उनको सकिएलगत्तै तत्कालै थुनछेक बहस सुरू हुने अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान लिइएको थियो ।

पुस ५ र पुस ७ मा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो।