२१ कार्तिक २०८२, शुक्रबार
,
Latest
अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान कोरलानाकामा अध्यागमन कार्यालयको सेवा सुरु आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत निगमको छवि उच्च बनाउने गरी काम गर्न निमित्त महाप्रबन्धक कालाखेतीको आग्रह नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता : डडेल्धुराको महेन्द्र मावि प्रथम सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँः पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको बताउनुभएको छ ।

मंगलवार नेपाल पर्यटन बोर्डको २५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटन क्षेत्रको प्रशस्त सम्भाना रहेको र सबैले समन्वय गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको प्रशस्त सम्भावना भएपनि पर्यटन क्षेत्रले स्वरोजगार र जिडिपीमा न्युनतम मात्रै योगदान गरेको बताउनु भयो । उहाँले पर्यटनको प्रशस्त सम्भावना छ मात्रै भनिरहने भन्दा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर परिणाम ल्याउने गरी काम गर्नुपर्ने बताउनु भयो । पर्यटन सम्बन्धी निकायहरुबीच समन्वय आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना छ पनि भन्छौँ । तर उपयोग गर्न सकिरहेका छैनौँ । एकदमै झिनो मात्रै योगदान छ । देशको स्वरोजगारीमा अथवा जिडिपिमा न्युनतम मात्रै योगदान छ । त्यसैले हामीले भन्ने यि कथाहरु भनिमात्रै रहने हो, दाहो¥याइमात्रै रहने हो भने पुराणा वाचन जस्तो पर्यटन क्षेत्रबाट हामी निकै माथि पुग्नसक्छौँ, पटक पटक पुनरावृत्तिको यसको अर्थ छैन । यसका लागि हामीले परिणाम ल्याउनुपर्छ । हाम्रा सबै निकायहरु यहाँ हुनुहुन्छ । निकायहरु समन्वयात्मक ढंगले काम गर्नुस् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यो मन्त्रालय कतिपय देशमा तीन वटा छ । यो तीन स्तम्भै समेटिएको छ ।’

मन्त्री पाण्डेले सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । उहाँले कामको चाङमा जुठो हाल्ने तर फत्ते नगर्ने प्रवृत्तिले समस्या रहेको बताउनु भयो । नेपाल आउने पर्यटकहरुलाई राम्रो स्वागत सत्कार गरे पर्यटन प्रवद्र्धनका लागि नेपालको प्रचार हुने बताउनु भयो ।