१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम लचकताको फाइदा उठाउँदै श्रमदाताहरुले श्रमिकलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरेः अध्यक्ष कुवँर



अ+ अ-

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष योगेन्द्रकुमार कुवँरले श्रम बजारसम्बन्धी जुम्ल्याहा कानून ल्याउँदा श्रमदाताहरुले श्रम लचकताको गलत फाइदा उठाएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जति बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानून ल्याउँदा श्रम बजार समस्याग्रस्त भएको बताउनुभएको हो । उहाँले श्रमदाताहरुले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरुलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरिरहेको टिप्प्णी गर्नुभएको हो । उहाँले संविधान बमोजिम श्रम बजरको लागि नीतिगत र कानूनी संरचनाहरु तयार भएपनि आम श्रमिकले त्यसको अनुभुति गर्न नपाएको बताउनु भयो । उहाँले श्रम बजार अझै कमजोर, अव्यवस्थित, असुरक्षित र अमर्यादित तथा अनौपचारिकरण हुँदै गइरहेको महशुस हुन थालेको बताउनु भयो । उहाँले श्रम बजारलाई औपचारिकरण गर्न श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘श्रम तथा रोजगारलाई व्यवस्थित गर्न श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धि रणनीति, राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, राष्ट्रिय रोजगार नीति र वैदेशिक रोजगार नीति कार्यान्वयनको चरणमा रहेका छन् । श्रम ऐन, २०७४ लगायतका ऐन र हकहरु कार्यान्वयनमा रहेका छन् । यसका अलवा हामीसँग विभिन्न नियमावली तथा मापदण्डहरु लागू भएका छन् । उल्लेखित श्रम नीति, ऐन तथा कानून र मापदण्डहरु योजनावद्ध कार्यान्वयन गर्न बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवर्धन र व्यवसायजन्य सुरक्षाको सुदृढिकरणका लागि विभिन्न रणनीतिक योजनाहरु क्रियाशील छन् । श्रम तथा पुँजी बजारलाई औपचारिकरण गर्न औपचारिकरण रणनीतिको तयारी भइरहेको छ । कानूनले द्विपक्षीय, त्रिपक्षीय संयन्त्रको व्यवस्था गरेको छ । यद्धपी नीति, कानून, योजना र संरचनाहरुलाई दृष्टिगत गर्दा श्रम रोजगारी र सामाजिक सुरक्षाको क्षेत्रमा हामीले धेरै नै उपलब्धी हासिल गरेका छौं । संविधान बमोजिम नीतिगत र कानूनी संरचनाहरु तयार भएका छन् । तर यसको अनुभुति आम श्रमिकले गर्न पाइरहेका छैनन् । श्रम बजार अझै कमजोर, अव्यवस्थित असुरक्षित र अमर्यादित तथा अनौपचारिक हुँदै गइरहेको हामीले महशुस गरेका छौं । श्रम बजारलाई ओपचारिकरण गर्ने क्रममा श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउँ । जति नै बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानून ल्यायौं । अधिकांश रोजगार दाताहरुले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरुलाई अन्धाधुन्ध जगेडामा राख्ने, सरुवा गर्ने, निष्कासन गर्ने र नियमित रोजगारीलाई आउट सोर्सिङ गर्ने काम गरिरहनुभएको छ ।’

उहाँले बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवद्र्धन र व्यवसायजन्य सुरक्षाको सुदृढिकरणका लागि विभिन्न रणनीतिक योजनहरु क्रियाशील भएपनि त्यसको प्रभाव श्रम बजारमा पर्न नसकेको बताउनु भयो ।