१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

देशको नीतिगत नेतृत्व काँग्रेसले गरिरहेको छः नेता सिटौला

देशको नीतिगत नेतृत्व काँग्रेसले गरिरहेको छः नेता सिटौला
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बतउनु भयो । पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली काँग्रेस पार्टीले डो¥याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले काँग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहनुभएपनि सरकारको नीतिगत नेतृत्व नेपाली कँग्रेसले गरिरहेको बताउनु भयो । नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली काँग्रेस पार्टीले गरिरहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ । गरिब जनताको आर्थिक प्रगति गर्नुछ । पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ । दलित, महिला, पिछडिएका क्षेत्रका तमाम समस्याहरु समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली काँग्रेस पार्टीले डो¥याउनु छ, सिंगो नेपाललाई । अहिले हामी संयुक्त सरकारमा छाँै । ठूला, ठूला पार्टीहरु काँग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ । प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली कँग्रेसले गरिरहेको छ । राज्व्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली काँग्रेस पार्टीले गरिरहेको छ ।’

नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली काँग्रेसले सबै राजनीतिक दलहरुलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताउनु भयो ।