१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

एजेन्सी । सियोलको एक अदालतले दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यूनलाई डिसेम्बर १४ मा मार्शल ल लागू गर्ने असफल प्रयासपछि महाभियोग लगाइयो र पदबाट हटाइएको थियो ।

समाचार एजेन्सी योनहापका अनुसार वर्तमान राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी भएको देशमा यो पहिलो पटक हो । सियोल जिल्ला अदालतले भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)का वरिष्ठ अधिकारीहरूलाई यसका लागि निर्देशन दिएको छ ।

यसका साथै उनको राष्ट्रपति निवासमा पनि खोजी गर्न निर्देशन दिइएको छ । यूनले डिसेम्बर ४ मा राति अबेरसम्म देशमा आपतकाल (सङ्घर्षक कानून) लागू गर्ने घोषणा गरेका थिए ।

दक्षिण कोरियाको संसदमा जम्मा ३ सय सिट छन् । यस वर्षको सुरुमा भएको निर्वाचनमा जनताले विपक्षी दल डीपीकेलाई ठूलो जनादेश दिएका थिए । सत्तारुढ जनशक्तिले १ सय ८ सिट मात्र पाएको थियो भने विपक्षी पार्टी डिपीकेले १ सय ७० सिट पाएको थियो ।

बहुमतमा रहेका कारण विपक्षी दल डीपीकेले राष्ट्रपति सरकारको कामकारबाहीमा बढी हस्तक्षेप गर्दै आएकाले आफ्नो एजेण्डाअनुसार काम गर्न सकेको छैन ।

राष्ट्रपति यूनले २०२२ को चुनावमा झिनो मतले जितेका थिए । यसपछि उनको लोकप्रियता घट्न थाल्यो । श्रीमती धेरै विवादमा परेपछि उनको छविमा पनि असर परेको थियो । हाल राष्ट्रपतिको लोकप्रियता लगभग १७ प्रतिशत छ, जुन देशका सबै राष्ट्रपतिमध्ये सबैभन्दा कम हो ।

यी सबैलाई सम्बोधन गर्न राष्ट्रपतिले मार्सल ल लागू गरे । उनले डीपीकेलाई उत्तर कोरियाप्रति सहानुभूति र राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाए ।

दक्षिण कोरियाको संविधानबमोजिम संसदमा बहुमत सांसदले देशमा मार्शल ल हटाउनुपर्ने माग गरेमा सरकारले स्वीकार गर्नुपर्ने हुन्छ । संविधानको यो प्रावधानबाट विपक्षी नेताहरूले फाइदा उठाए र सेनाले कारबाही रोक्नुपर्‍यो ।