९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

हेडको आपत्तिजनक सेलिब्रेसनमा कप्तान कमिन्सले बचाउ गर्दै के भने ?

हेडको आपत्तिजनक सेलिब्रेसनमा कप्तान कमिन्सले बचाउ गर्दै के भने ?
अ अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका ब्याट्सम्यान ट्राभिस हेड मेलबर्न टेस्टमा आपत्तिजनक सेलिब्रेसनका कारण विवादमा परेका छन् ।

सोमबार खेलको अन्तिम दिन हेडले भारतका ऋषभ पन्तलाई आफ्नो बलिङमा आउट बनाएका थिए । विकेटपछि हेडले हातले अश्‍लील इशारा गरेको देखिन्थ्यो ।

खेलपछि पत्रकार सम्मेलनमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई हेडको सेलिब्रेशनबारे प्रश्न सोधिएको थियो । उनले स्पिनर नाथन लियोनलाई जिस्काउनका लागि यस्तो गरेको प्रतिक्रिया दिए । स्टम्पको बेल बदल्ने विषयमा मिचेल स्टार्क र यशस्वी जैसवालबीच झगडा समेत भएको थियो ।

ट्राभिस हेडले कसरी सेलिब्रेसन गरे ?
खेलको दोस्रो इनिङ्समा ट्राभिस हेडले ऋषभ पन्तको ठूलो विकेट लिए । विकेट लिने बित्तिकै उनले दुवै हातले अश्‍लील इशारा गरेको देखियो । जसलाई प्रसारणकर्ताले पनि केही समय देखाइदिए ।

सेलिब्रेसनपछि, सामाजिक सञ्जालमा मानिसहरूले हेडको आलोचना गरे र उनको इशारालाई अश्लील भने । पत्रकार सम्मेलनमा समेत सञ्चारकर्मीले उनको सेलिब्रेसनमा प्रश्न उठाएका थिए ।

कमिन्सले भने– उसले लियोनलाई जिस्काएका हुन्
खेल सकिएपछि अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले हेडको सेलिब्रेशन नदेखेको बताए । जब कमिन्सलाई सेलिब्रेसन देखाइएको थियो, उनले भने कि हेडले लियोनलाई जिस्काउन यो गरेको हो । वास्तवमा, हेडले आफ्नो औंलालाई बरफको पानीमा हालेर चिसो पार्न संकेत गरिरहेको थियो ।

कमिन्सले थप भने, ‘ब्रिसबेन टेस्टमा पनि लियोनले लामो समयसम्म कुनै विकेट नपाएको तर हेडले विकेट पाएका थिए । यसपछि उनी हेड ड्रेसिङ रुममा पुगेर चिसो पानीको बोतल उठाए र त्यसमा औंला राखेर लियोनलाई जिस्काए । विकेट लिएपछि आफ्नो औंला तातो हुन्छ भन्ने हेडको विश्वास छ ।’

के भयो खेल ?
दोस्रो इनिङ्समा भारतले ३३ रनमा ३ विकेट गुमाएको थियो । यहाँ ऋषभ पन्त र यशस्वी जैसवाल थिए, दुवैले दोस्रो सत्रमा कुनै विकेट खस्न दिएनन् । पन्तले ३० रन बनाएका थिए तर तेस्रो सत्रमा ठूलो सट खेल्ने प्रयासमा ट्राभिस हेडको बलिङमा उनी क्याच आउट भएका थिए ।

कप्तान कमिन्सका अन्य बलरहरू थकित भएकाले हेडलाई मात्र बलिङ गर्न ल्याएका थिए । यस अवसरमा हेडले पन्तको ठूलो विकेट लिए र भारतलाई ब्याकफुटमा धकेले । यहाँबाट भारतले अर्को २१ ओभरमा बाँकी ६ विकेट गुमाउँदा टोली पराजित भयो ।

भारतीय टोली सोमबार १८४ रनले पराजित भएको हो । अन्तिम दिनको खेल बचाउन भारतले ९२ ओभर ब्याटिङ गर्नुपर्‍यो तर टिम ७९.१ ओभरमा अलआउट भयो । सिरिजमा अष्ट्रेलिया २–१ ले अगाडि छ, अब अन्तिम टेस्ट जनवरी ३ बाट सिड्नीमा हुनेछ ।