२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले हरायो



Australian players celebrates the wicket of India’s Rishabh Pant during play on the last day of the fourth cricket test between Australia and India at the Melbourne Cricket Ground, Melbourne, Australia, Monday, Dec. 30, 2024. (AP Photo/Asanka Brendon Ratnayake)
अ+ अ-

एजेन्सी । बोर्डर-गावस्कर ट्रफि अन्तर्गतको चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले हराएको छ । अस्ट्रेलियाले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत पाँचौं दिनको चिया समयपछि १ सय ५५ रन बनाउँदा अलआउट भयो ।

भारतका यशस्वी जयसवालले सबैभन्दा धेरै ८४ रन बनाए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले ३/३ विकेट लिए ।

यसअघि मेलबर्नमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा ४ सय ७४ रन बनाएको थियो । यस्तै भारतले पहिलो पारीमा ३ सय ६९ रन बनाएको थियो । मेलबर्नमा भारतले टेस्ट क्रिकेटमा १३ वर्षपछि हार बेहोरेको हो । यसअघि सन् २०११ मा भारतले मेलबर्नमा हारेको थियो ।

यो जीतसँगै घरेलु टोली अस्ट्रेलियाले पाँच खेलको शृङ्खलामा २–१ ले अग्रता लिएको छ । शृङ्खलाको पाँचौं तथा अन्तिम खेल आउँदो शुक्रवारदेखि सिड्नीमा शुरू हुनेछ ।