६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा बसेका नेपालीले समेत खरिद गर्न पाउने नागरिक बचतपत्रको बिक्री खुला



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको बिक्री आजदेखि खुला गरेको छ । अनलाइनमार्फत आवेदन दिन सकिने नागरिक बचतपत्र विदेशमा रहेका नेपालीले समेत खरिद गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि अनलाइनको व्यवस्था नहुँदा आवश्यक कागजातसहित भौतिकरुपमा सम्बन्धित बैंकमा उपस्थित भई आवेदन दिनुपर्ने अवस्था थियो ।

मङ्गलबार चैत १ गतेदेखि आवेदन सङ्कलन गरिने नागरिक बचतपत्रमा चैत २० गतेसम्म आवेदन दिन सकिने केन्द्रीय बैंकले जनाएको छ । तर तोकिएको समयभन्दा अगावै कुल निष्कासित रकमका लागि आवेदन आए चैत २० गतेभन्दा अघि नै आवेदन बन्द हुनेछ ।

राष्ट्र बैंकले पहिलो चरणमा रु दुई अर्ब बराबरको नागरिक बचतपत्र बिक्रीका लागि आवेदन सङ्कलन गर्नेछ । ‘नागरिक बचतपत्र २०८३ क’ नाम दिइएको सो बचतपत्रमा घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमभन्दा नबढाई रु १० हजारले भाग निशेष जाने रकम लगानी गर्न सकिने सूचनामा उल्लेख छ ।

चैत ३० गते बचतपत्र निष्कासन गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । सो बचतपत्र पाँच वर्षमा परिपक्व हुनेछ । यस बचतपत्रका लगानी गर्दा वार्षिक १० प्रतिशत ब्याज प्राप्त हुनेछ र प्रत्येक छ÷छ महिनामा ब्याज पाइनेछ ।