२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अप्राकृतिक मैथुनपछि ५ वर्षीय बालकको घाँटी कसेर हत्या



अ+ अ-

जनकपुरधाम । धनुषामा एक बालकको अप्राकृतिक मैथुनपछि हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसनपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश बिहीबारदेखि बेपत्ता भएका थिए ।

बेपत्ता बालकको शव शुक्रबार कृषि इँट्टा उद्योगको परिसरभित्र रहेको खाल्डोमा भेटिएको थियो । यस्तै, हत्या आरोपमा प्रहरीले २२ वर्षीय रामबहादुर सदालाई पक्राउ गरेको थियो ।

सदाले बालकलाई मलद्वारमा अप्राकृतिक मैथुन गरेर हत्या गरेको स्वीकार गरेका छन् । सदाले बालकलाई चकलेट विस्कुटको प्रलोभन देखाइ पोखरीतिर लगेर कुकर्म गरी हत्या गरेको बयान दिएको प्रहरीले खुलाएको छ । बालकले प्रतिकार गरेपछि कन्दनीले घाँटी कसेर हत्या गरेको सदाले बयान दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(१७ गते नेपाल समाचारपत्र)