२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’



अ+ अ-

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमिति तथा महासङ्घ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीको आज धनगढीमा भएको पदस्थापन समारोहमा उहाँले मुलुकको विकासका लागि आवश्यक राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको र सोहीअनुसार अघि बढेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले मुलुकलाई आर्थिक र समाजिक रुपमा कसरी अगाडि बढाउने भन्नेमा ध्यान केन्द्रित रहेको समेत उहाँको भनाइ थियो । उहाँले आर्थिक तथा समाजिक विकासका लागि देशमा लगानीको वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

त्यस अवसरमा उहाँले नेपालमा प्रजातन्त्र, लोकतन्त्र स्थापनामा पत्रकारिता जगतको ठूलो योगदान रहेको उल्लेख गर्दै नेपाली कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको बताउनुभयो । “हामीले संविधानको प्रस्तावनामै पनि पूर्ण प्रेस स्वतन्त्रता हुने उल्लेख गरेका छौँ, मौलिक हकमार्फत थप अधिकार सुनिश्चित गरिएको छ, यसका लागि संविधान निर्माणको समयमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो ।