१५ श्रावण २०८३, शुक्रबार
,
Latest
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाद्वारा केन्द्रिय विभाग तथा आयोगमा सदस्यहरु मनोनित



अ+ अ-

काठमाडौँ । रास्वपाको सचिवालय बैठकले केन्द्रिय विभाग तथा आयोगमा सदस्यहरु मनोनित गरेको छ ।

काठमाडौं केन्द्रिय कार्यालयमा बिहीवार बसेको बैठकले केन्द्रिय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनित गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकले केन्द्रिय संगठन विभागमा लम्जुङका धर्म केसी, गोपाल घिमिरे र विमल तिवारीलाई मनोनित गरिएको बताउनु भयो ।

पार्टीको केन्द्रिय समितिको बिस्तारित बैठक पुस १९, २० र २१ गते गर्ने पनि निर्णय गरेको छ । बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा। स्वर्णिम वाग्लेले सामाजिक राजनीतिक परिस्थितिबारे समिक्षा प्रश्तुत गर्नुभएको जानकारी दिनुभयो ।

पार्टीको केन्द्रिय समितिको बिस्तारित बैठक आगामी पुस १९,२० र २१ गते बस्ने बताउनु भयो ।