६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल



अ+ अ-

गण्डकी । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलबीच आज द्विपक्षीय भेटघाट एवं छलफल भएको छ ।

सङ्घको सचिवालय गैह्रापाटनमा भएको भेटघाट तथा छलफलमा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना, व्यापार तथा पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल गरिएको थियो । छलफलमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख चाङले लुजाउ नगर औषधि तथा मदिरा उत्पादनमा अग्रणी रहेको जानकारी दिनुभयो ।

त्यहाँका उत्पादित वस्तु नेपालमा निकासी गर्न तथा नेपालमा उत्पादित वस्तु चीनको बजारमा पुर्याउनका निम्ति पोखरा उद्योग वाणिज्य सङ्घसँग सहकार्य गर्न आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अघिल्लो वर्ष निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति कार्यान्वयन हुँदा गण्डकीबाट भैँसीको मासु तथा अमिलो फलफूल निर्यात गर्न सकिने सम्भावनाबारे जानकारी गराउनुभयो। यी क्षेत्रमा चिनियाँ लगानी ल्याउन सकिने बताउँदै उहाँले पोखराको पर्यटन उद्योगलाई सघाउन चिनियाँ टोलीलाई आग्रह गर्नुभयो ।

छलफलमा सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति, महासचिव शोभा गौतमलगायतको उपस्थिति थियो । रासस