२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताउनुभएको छ ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै मन्त्री पाण्डेले छोटो समयमा दुईवटा विमानस्थल चलेनन् भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताउनुभएको हो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने नेपालको सपना साकार बनाउनै पर्ने बताउनु भयो ।

उहाँले विमानस्थल बनेको छोटो समयमा विमानस्थल सञ्चालनमा आएनन भनेर निरास हुने अवस्था नरहेको बताउनु भयो । उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको साहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै ती विमानस्थल सञ्चालनको लागि सरकारले आवश्यक पहल गर्ने बताउनु भयो ।

उहाँले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने सपना साकार बनाए निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एशियाको सपना हुने दाबी गर्नुभयो । उहाँले निजगढ विमानस्थल बनाउने कुरा छायाँमा बनाउने काम गर्न दिन नहुने उल्लेख गर्नुभयो । उहाँले सरकारले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेको भन्दै अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पुर्याउनुपर्नेमा जोड दिनुभयो।

उहाँले होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जानसक्ने भन्दै जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन आउने सपना देख्न सक्नुपर्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मुख्य हो । यसका साहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुन । यी सपना र आशाका सञ्चार गर्दै जानुपर्छ । छोटो काल खण्डमा दुईवटा विमानस्थल चलेनन भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपालले बेकेको सपना छ । नेपालको यो सपना साकार बनायौं भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एसियाको सपना हुन्छ । निजगढ विमानस्थल बनाउने कुरा छायाँमा बनाउने काम गर्न दिनु हुँदैन ।

हामीले आशा सञ्चार गरिरहनुपर्छ । हामीले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेका छौ । हामीले अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पु¥याउनुपर्छ । हामीसँग त्यो सम्भवाना छ । होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जाँदैन भन्ने कुरा हुन सक्दैन । जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन हामीले ल्याउनुपर्छ ।’

उहाँले नेपालका विभिन्न विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान गर्नसक्ने सम्भावना रहेको बताउनु भयो । उहाँले त्यसको लागि सरकारले कुटनीतिक रुपमा पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।