१५ श्रावण २०८३, शुक्रबार
,
Latest
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार जनमुखी भएर चल्न सकेनः सम्मानित नेता खनाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेतृत्व संविधानमुखी भएर चल्न नसक्दा समस्याहरु आइरहेको बताउनु भयो ।

उहाँले देशमा शान्ति त्यसै नआउने भन्दै शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्ने बताउनु भयो । उहाँले आर्थिक, राजनीतिक समानता स्थापना र मानिसमाथि हुने शोषणको अन्त्य नगरेसम्म देशमा शान्ति स्थापना हुन नसक्ने बताउनु भयो । उहाँले संविधानमा समाजवादउन्मुख भनिएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको र कुनैपनि नेतृत्वले समाजवादको कुराहरु नगरेको बताउनु भयो ।

उहाँले संविधान संशोधन गर्ने भनिरहेको बेलामा संविधान संशोधनमार्फत हटाइदिने आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले देशमा शान्ति स्थापना गर्ने आधार बनाउनु पर्छ । जबसम्म आर्थिक समानता, राजनीतिक समानता यि कुरा स्थापना गर्न सकिँदैन, मान्छेले मान्छेलाई गर्ने शोषणलाई जबसम्म अन्त्य गर्न सकिँदैन, हाम्रो संविधानले भनेको हामी समाजवादतर्फ जानुपर्छ भनेर । हो के त्यो समाजवाद भनेको ।

संविधानमा अरु कुनै शब्द राख्न नपाएर राखेको मात्रै हो की ? त्यसको कुनै अर्थ पनि छ । यो देशका नायकहरु किन बोल्दैनन् त्यसको बारेमा । संविधानमा त छ त । बोल्ने शाहस किन छैन ? बोल्ने शाहस किन छैन ? बिना बित्थामा राखिएछ की भन्ने पर्यो की ? अहिले संशोधनको कुरा हुँदैछ । हटाइदिने हो की त्यो संशोधन गरेर । यि सन्दर्भमा पनि देशको नेतृत्वमाथि मेरो कटाक्ष छ । नेतृत्व जनमुखी भएर चल्न सकेन । नेतृत्व संविधानमुखी भएर पनि चल्न सकेन । यसकारणले गर्दा समस्याहरु छन् ।’

पूर्वप्रधानमन्त्री खनालले २० वर्षसम्म पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएर कार्यान्वयन गर्न नसक्नु दुःखद् भएको बताउनु भयो ।