२४ मंसिर २०८२, बुधबार
,
Latest
प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट ३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको ९२ लाख नगद सहित तीन व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले स्रोत नखुलेको रकम सहित केही व्यक्तिहरू शंकास्पद रूपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा रबि धमला समेत तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, उनीहरुबाट स्रोत नखुलेको रकम रू ९२ लाख बरामद गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाएको पनि बताइएको छ ।

पक्राउ परेकाहरूमा सिन्धुपाल्चोक स्थायी घर भई गोकर्णेश्वर बस्ने ३४ वर्षीय रबि धमला, संखुवासभा स्थायी घर भई हाल चाबहिल बस्दै आएका ३० वर्षीय सन्तोष विक (खाती) र रसुवा स्थायी घर भई हाल तारकेश्वर बस्दै आएका ३९ वर्षीय जीत बहादुर तामाङ रहेका छन् ।