२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको ९२ लाख नगद सहित तीन व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले स्रोत नखुलेको रकम सहित केही व्यक्तिहरू शंकास्पद रूपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा रबि धमला समेत तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, उनीहरुबाट स्रोत नखुलेको रकम रू ९२ लाख बरामद गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाएको पनि बताइएको छ ।

पक्राउ परेकाहरूमा सिन्धुपाल्चोक स्थायी घर भई गोकर्णेश्वर बस्ने ३४ वर्षीय रबि धमला, संखुवासभा स्थायी घर भई हाल चाबहिल बस्दै आएका ३० वर्षीय सन्तोष विक (खाती) र रसुवा स्थायी घर भई हाल तारकेश्वर बस्दै आएका ३९ वर्षीय जीत बहादुर तामाङ रहेका छन् ।