२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धारका लागि तत्काल नै हेलिकप्टर उडान अनुमति दिन निर्देशन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । स्थानीय प्रशासनको सिफारिसमा तत्काल नै हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण वा आकस्मिक उद्धार कार्य गर्नुपर्ने अवस्थामा सम्बन्धित संस्थाको अनुरोध तथा स्थानीय प्रशासनको

सिफारिसमा गृह मन्त्रालयले यथाशीघ्र हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्नुपर्ने निर्देशन दिएको हो । खासगरी विभिन्न १३ वटा जिल्लालाई लक्षित गरेर त्यहाँका स्थानीय प्रशासनको सिफारिसमा गृहले तत्काल अनुमति दिनुपर्ने गरी निर्देशन दिइएको समितिका सभापति पवित्रा निरौलाले जानकारी दिए ।

बैठकले कोभिड सङ्क्रमणका कारण प्रभावित पर्यटन क्षेत्र सञ्चालनका लागि निर्देशिका बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । गोरखापत्र दैनिक