५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब कोहलीले ब्रेकफास्टपछि नेपाली शेफसँग फोटो खिचाए



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहली २५ डिसेम्बरको बिहान मेलबर्नको एक स्थानीय रेस्टुरेन्टमा देखिएका थिए । क्रिसमसको अवसरमा उनले श्रीमती अनुष्का शर्मासँग मेलबर्नको ‘क्याफे कोर्ट’ रेष्टुरेन्टमा ब्रेकफास्ट गरेका थिए ।

ब्रेकफास्ट गरेपछि विराटले रेष्टुरेन्ट स्टाफहरुसँग फोटो खिचेका थिए । अहिले उक्त तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उक्त क्याफेमा नेपाली सेफ र स्टाफहरु रहेका छन् ।

क्याफेले विराट कोहली कर्मचारीसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । विराटले क्याफेको किचनमा गएर सबैलाई धन्यवाद दिएको र फोटो खिचाएको पनि बताए ।

क्याफेले सामाजिक सञ्जालमा लेखेको छ, ‘आज बिहान, हामी सार्वजनिक बिदामा हाम्रो क्याफे खुला राख्ने कि नराख्ने भनेर सल्लाह गरिरहेका थियौं, हामीलाई थाहा थिएन कि राजा विराट कोहली, अनुष्का शर्मा र उनका साथीहरू हाम्रो सानो क्याफेमा आएर हाम्रो परिवारलाई सेवा गर्ने मौका दिनुहुनेछ भनेर । विराट सर यति दयालु हुनुहुन्थ्यो कि उहाँ हाम्रो भान्छामा आउनुभयो, शेफहरूलाई धन्यवाद दिनुभयो र उहाँसँग फोटो खिच्ने मौका दिनुभयो।’

भारतीय टोली अहिले मेलबर्नमा छ । भारतीय टोलीले २६ डिसेम्बरदेखि अष्ट्रेलियासँग बोर्डर-गावस्कर ट्रफीको चौथो खेल खेलिरहेको छ ।