७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालय: देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत



अ+ अ-

काठमाडौं । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् । आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ११२ जना रहेका छन् । बाग्मतीमा २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश ५ मा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा २८ जना आईसीयू र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू उपचाररत छन् । सुदूरपश्चिममा ४ जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आईसीयूमा उपचाररत छन् । हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ । आइतबार सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।

यस्तै, देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ । आइतबार २२ हजार २ सय १९ जना सक्रिय संक्रमितमध्ये ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार १ सय ५३ जना होम आइसोलेसनमा छन् । प्रदेश १ मा १ हजार ८ सय ५०, प्रदेश २ मा ५ सय ५८, प्रदेश ५ मा १ हजार २ सय २, सुदूरपश्चिम प्रदेशमा ४ सय १८, गण्डकी प्रदेशमा ५ सय ३२ र कर्णाली प्रदेशमा २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् । देशभर आइतबार २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । आइतबार प्रदेश १ को उदयपुरमा दुई, खोटाङमा तीन, झापामा १६, भोजपुरमा एक, मोरङमा ८१, संखुवासभामा एक र सुनसरीमा आठ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ को धुनषामा नौ, पर्सामा आठ, बारामा सात, महोत्तरीमा एक, रौतहटमा पाँच, सप्तरीमा तीन, सर्लाहीमा ६ र सिरहामा सात जनामा कोरोना देखिएको छ । बाग्मती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १०, चितवनमा ५२, दोलखामा दुई, धादिङमा आठ, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा दुई, रामेछापमा २, ललितपुरमा १ सय ८७ र सिन्धुपाल्चोकमा आठ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा चार, तनहुँमा १९, नवलपरासी पूर्वमा ४०, लमजुङमा सात, बाग्लुङमा ३ र स्याङजामा चार जनामा कोरोना पुष्टि भएको छ । प्रदेश पाँचको कपिलवस्तुमा चार, गुल्मीमा चार, दाङमा नौ, नलवपरासीमा एक, पाल्पामा १५, प्युठानमा पाँच, बर्दियामा १३, बाँकेमा ५० र रूपन्देहीमा ५२ जनामा कोरोना संक्रमण देखिएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा एक, दैलेखमा आठ, रुकुम पश्चिममा दुई, सल्यानमा दुई र सुर्खेतका ५४ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिमको कञ्चनपुरमा २१, कैलालीमा ५५, डँडेलधुरामा एक, बझाङमा एक र बैतडीमा एक जनामा कोरोना भेटिएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । देशभर २२ हजार २ सय १९ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै हालसम्म १० लाख ७४ हजार ४ सय ४८ जनाको पीसीआर भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ४ हजार २ सय ३ जना क्वारेन्टिनमा छन् । नेपालमा २२ हजार २ सय १९ जना सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिक