१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना



अ+ अ-

काठमाडौं । उद्यमी महिलाले तयार गरेको विभिन्न सीप तथा व्यवसायमूलक उत्पादनका सामग्रीहरूको बिक्रि तथा प्रर्दशनका लागि आयोजना गरिएको विन्टर कार्निभल २०२४ सम्पन्न भएको छ ।

बुढानीलकण्ठ नगरपालिका स्थित इटालीटारमा रहेको सुम्दिमा सिल्क प्लालेसको परिसरमा आयोजना गरिएको कार्यक्रम नगरपालिकाकी उपप्रमुख अनिता लामा, चर्चित अभिनेत्री मनीषा कोइरालाले सयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो ।

बुढानिलकण्ठ इटलीटारमा रहको सुम्दिमा सिल्क प्लालेस र वेलकम इभेन्ट म्यानेजमेन्टले आयोजना गरिएको कार्यक्रममा हस्तकलाका सामग्री, बिभिन्न कपडाहरु ,घरेलु उत्पादित विभिन्न खाद्य पदार्थ अन्तराष्ट्रिय ब्राण्डका तयारी पोशाकहरु प्रर्दशनीका साथै बिक्रि  गरिएको थियो ।

उपप्रमुख लामा र अभिनेत्री कोईरालाले  महिलाहरूको सीप र उद्यमशीलता प्रवर्द्धनका लागि व्यवस्थित र सुन्दर संयोजन सहितको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दे उद्यमशीलता प्रवर्द्धनमा सँगसँगै हुने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा मनिषा भट्टराई वासकोटा र अनु पाठकले संयोजन गर्नुभएको थियो