६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

थाइल्याण्ड र म्यानमार यात्रासम्बन्धी सूचना जारी

थाइल्याण्ड र म्यानमार यात्रासम्बन्धी सूचना जारी
अ+ अ-

काठमाडौँ । नेपाल सरकारले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायतका मुलुकमा जान चाहने वा जाने तयारीमा रहनुभएका नेपाली नागरिकलाई उचित ध्यान दिन र सावधानी अपनाउन अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज सूचना जारी गरी ती देशमा वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न अनुरोध गर्नाका साथै रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म , कम्पनी ,रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म ,कम्पनी, रोजगारदाताको वेबसाइट चेकजाँच गर्न आग्रह गरिएको छ ।

हालका दिनमा मानव बेचविखन एवं अन्य आपराधिक गतिविधिमा सङ्लग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगेर जबरजस्ती अवैध कार्यमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या बढेका छन् । यस विषयमा जानकारी गराउँदै नेपाली दूतावास याङ्गुन र बैंककमा उद्धारका लागि आवेदन गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रूपमा बढोत्तरी भइरहेको घटनाप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पु¥याई अलपत्र पार्ने एवं निषेध गरिएका कार्यमा सङ्लग्न नहुन वा त्यस्ता गैरकानुनी कार्य नगर्न/नगराउन र यसतर्फ सचेत रहन सबैमा अनुरोध गरेको छ ।

साथै मन्त्रालयले अनलाइन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टो–करेन्सी ठगी आदिमा सङ्लग्न शंकास्पद आइटी फर्मले बैंककमा रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार लगी बन्दी बनाएर काम गर्न लगाइएको पाइएकाले त्यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

उल्लिखित विषयलगायत सम्बन्धमा कुनै जानकारी लिनुपरेमा नेपाली दूतावास, याहुनका द्वितीय सचिव गंगा सुन्दासको टेलिफोन नम्बर +९५–०१–९५४५८८०/०१– ९५५७१६८ र हटलाइनरभाइबररवाट्सएप नं +९५ ९२५१२४२०५१ तथा नेपाली दूतावास, बैंककका प्रथम सचिव खगराज पाण्डेको टेलिफोन नम्बर +६६८६९९१५५५४ (वाट्सएप)लाई सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।

यसअघि थाइल्याण्ड र म्यानमारमा प्रलोभन देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईलगायतका मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यमा लगाइएको घट्ना सार्वजनिक भएको थियो ।

उक्त विषयका सन्दर्भमा मन्त्रालयबाट विसं २०७९ पुसमा यात्रासम्बन्धी सूचना जारी गरेपछि प्रलोभनमा परी उक्त क्षेत्रमा जाने नेपाली नागरिकको सङ्ख्यामा कमी आएको थियो ।