७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।

सोमवार योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज—२०२४ को उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले खेलले पर्यटन प्रवद्र्धनका साथै देश विकासमा सघाउ पुग्ने बताउनु भयो । उहाँले नेपाल विभिन्न प्रकारका खेलकुद गतिविधिहरुको लागि आकर्षक स्थल बन्ने बताएनु भयो ।

उहाँले राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अगाडि बढाउन खेलकुदलाई महत्वपूर्ण आधार मान्नुपर्ने बताउनु भयो । आफ्नो प्रधानमन्त्रीको कार्यकालमा प्रधानमन्त्रीको कार्यकालमा नेपाली खेलकुदको विकासका लागि खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्न विभिन्न प्रयासहरू थालेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले आगामी दिनहरुमा पनि नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहने प्रतिवद्धता जनाउनु भयो ।