२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो

नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
अ अ+ अ-

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज विभिन्न तीन सय २८ कम्पनीका ८९ लाख आठ हजार आठ सय ५१ कित्ता शेयर ५५ हजार नौसय ३८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४३ करोड २४ हजार छसय तीनमा कारोबार भएको छ ।

आजको कारोबारपछि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको नौ दशमलव ९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य आठ दशमलव ८६ प्रतिशतले बढेको छ ।

त्यसैगरी मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कूल ४२ वटाकम्पनीको शेयर मूल्यमा रातो देखिएको छ ।

नेप्सेका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंकको तीन दशमलव १६ प्रतिशत, पिपुल्स पावर लिमिटेडको दुई दशमलव ३१ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को एक दशमलव ९० प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य एक दशमलव ८६ प्रतिशतले ओरालो लागेको छ । रासस