२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी आदर्श गा.पा. वडा नं ०२ घर भई हाल का.जि. कीर्तिपुर न.पा. ०८ पाँगा बस्ने वर्ष २१ को अशोक साउद र डोटी दिपायल सिलगढी न.पा. ०१ घर भई हाल का।जि। कीर्तिपुर न.पा. ०७ भाजङगल बस्ने बर्ष १९ को गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पुष ६ गते सनिबार कीर्तिपुर नगरपालिका वडा नं.१० स्थित त्रि।वि। क्रिकेट ग्राउण्डमा नेपाल क्रिकेट संघको आयोजनामा नेपाल प्रिमियर लिगको जनकपुर बोल्टस र सुदुरपश्‍चिम रोयल बीचको फाइनल खेल समाप्ति पश्चात केहि व्यक्तिहरुले अपमान जनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने तथा बिभिन्न व्यक्तिहरुलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा संचार माध्यम मार्फत र पिडीतहरुको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा घट्नामा संलग्नलाई नियन्त्रणमा लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भई रहेको जनाईएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको पनि प्रहरीले जनाएको छ ।