६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

महानगरपालिकामा कालोपत्रे सडकको कोर कटिङ् परीक्षणका लागि प्रयोगशालामा

महानगरपालिकामा कालोपत्रे सडकको कोर कटिङ् परीक्षणका लागि प्रयोगशालामा
अ+ अ-

काठमाडौँ । महानगरपालिकाबाट निर्माण भएका, मर्मत भएका सडकहरुको गुणस्तर परीक्षणका लागि कोर कटिङ् नमूना प्रयोगशालामा पठाउने गरिएको छ । यसबाट कालोपत्रे गर्न प्रयोग गरिएको विटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्रीको मिश्रण मात्रा हेरिन्छ । सडकको दायाँ भाग, केन्द्र भाग र वायाँ भाग गरी विभिन्न स्थानबाट परीक्षणका लागि कटिङ् गरिन्छ । महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलको नेतृत्वमा योजना अनुगमन गर्न डल्लु आवास क्षेत्रमा पुगेका पदाधिकारीलाई सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले गुणस्तर कायम गराउन अपनाइएको विधिका विषयमा जानकारी दिनुभयो ।

‘योजना सम्पन्न भएपछि यसको गुणस्तर सुनिश्चित गर्न प्रचलित कानुनले दिएका सूचकहरुको पूर्ण कार्यान्वयन गर्नुहोला ।’ अनुगमनका क्रममा उपप्रमुख डंगोलले भन्नुभयो, ‘हामीले खोजेको नतिजा योजना कार्यान्वयन हुनु मात्र होइन, यसको दिगो र सुलभ उपयोग पनि हो । सार्वजनिक निर्माण कार्य गर्दा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, असक्त व्यक्ति, बालबालिका सबैले प्रयोग गर्न सक्ने र सुरक्षित हुनुपर्छ । निर्माण मात्र होइन अव पहुँचयुक्त निर्माणमा काम गर्नुपर्छ ।’

मागका आधारमा तत्काल सडक मर्मत सम्भार गर्न महानगरपालिकाले एउटै प्याकेजमा निर्माण पक्ष आव्हान गरेको थियो । यसमा छानिएको गणेश एण्ड गंगा, रमिला जेभिसँग २०८० फागुन २३ गते सम्झौता भयो । करिब १२ करोड ६५ लाख रुपैयाँ लागत रहेको यो योजना २०८१ फागुन मसान्तसम्मका लागि हो । यसअन्तर्गत अहिलेसम्म करिब १२ किलोमिटर मार्गको स्तरोन्नति र मर्मत भएको छ । अनुगमन गरिएको वडा नं. १५ स्वयम्भू क्षेत्रमा पर्ने, आदिकवि मार्ग, स्वयम्भू मार्ग, परिक्रमा मार्ग, सिद्धिचरण मार्ग, विजेश्वरी उकालो, डल्लु चौताराबाट डल्लु पुल, लखतीर्थ मार्ग, ससुख्वाट मार्ग, सैनिक स्कूल मार्ग र धुम्बाखेल विष्णुमती रोड मर्मत सम्भार प्याकेजअन्तर्गतकै हो । यस वडामा करिब ६ किलोमिटर सडकमा काम भइरहेको छ ।

पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने महानगरपालिकाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्व रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महानगरपालिकाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१, ३२ पर्छन् । यी वडामा काम गर्न करिव ९० करोड रुपैयाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभिले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । कार्यक्रमअन्तर्गत वडा नं. ६, ९ र ३२ मा काम भइरहेको छ । करिब ३ सय मिटर ढल निर्माण अहिलेको प्रगति हो, सार्वजनिक निर्माण विभागले जनाएको छ ।

उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ ।

मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल– युएसजी–आरएस लक्ष्मी जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो । यस क्षेत्रमा करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे भएको छ । यस्तै करिब ८४० वर्गमिटर सडक ढलान गरिएको छ ।

पश्चिम क्षेत्रमा वडा नं. १३, १४, १५ र १६ पर्छन् । यसको खरिद प्रक्रिया टुङ्गिन बाँकी छ ।

सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत कुनै पनि ठाउँ नछोडी सबै सडक कालोपत्रे हुनेछ । मर्मतसम्भार कार्यक्रम र पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत भत्किएको, भासिएको वा विग्रिएको ठाउँलाई तत्काल मर्मत गर्ने काम हो । यसमा पनि सडक कालोपत्रे गर्ने काम गरिन्छ । तर, यो खण्ड खण्डमा मात्र हुन्छ ।

अनुगमनका क्रममा धुलोरहित सडक कार्यक्रमअन्तर्गत वडा नं. ४ का सडकहरु हेरिएको थियो । यस वडामा ११ वटा मार्ग (४ हजार ४९१ मिटर) सडकमा काम भइरहेको छ । आनन्दमाया मार्ग, दिपज्योति मार्ग, बराह मार्ग, टुँडालदेवी मार्ग, सरस्वती मार्ग, गीताञ्जली मार्ग, तल्लो टुँडालदेवी मार्ग, शान्तिप्रिय मार्ग, धारा मार्ग, लाम्टाङ् मार्ग, ज्ञानज्योती मार्ग यस क्षेत्रमा काम भइरहेका मार्ग हुन् ।

‘सहरलाई धुलोरहित बनाउन महानगरपालिकाले पूर्वाधार निर्माण गरेपछि यसको उपयोगमा स्थानीयबासीबाट पूरा गर्नु पर्ने दायित्व पनि छन् ।’ वडा नं. ४ का अध्यक्ष दिनेश महर्जन भन्नुहुन्छ, ‘घर, पसल वा व्यवसायको भुइँ बढारेको उत्पादन भएको धुलो सडक र नालीमा फाल्ने आचरणमा सुधार आउनुपर्छ । धुलोरहित कार्यक्रमको दिगो प्रयास यहीँबाट सुरु हुन्छ ।’

यही कार्यक्रमअन्तर्गत वडा नं. ३ मा ७ वटा मार्ग (कान्ति मार्ग, कपन मार्ग, नर्सरी मार्ग, साइ मार्ग, गोदावरी मार्ग, धापासी मार्ग, धारापाटी मार्ग) मा काम भइरहेको छ । यसको लम्बाइ २ हजार ५४४ मिटर हो ।