१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि हिउँदे वर्षा, कहाँ–कहाँ पर्दैछ पानी ?



अ+ अ-

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा आजदेखि हिउँदे वर्षा सुरु हुँदै छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा पानी पर्ने छ ।

काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर, त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

आज तराई र उपत्यकाक केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ । यसले यातायात क्षेत्रमा केही असर पर्न सक्ने भएकोले सावधानी अपनाउन सचेत गराइएको छ ।

यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कर्णाली र सुदूरपश्चिममा मंगलबार पनि मौसम बदली भइ केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।