८ पुष २०८१, सोमबार
,
Latest
एनपिएलले उघारेको सपना एनपिएलमा अनलाइन बेटिङ गरेको आरोपमा दुई भारतीय पक्राउ सूर्यदर्शन सहकारी ठगीको मुद्दा न्यायाधीश राईको इजलासमा रवि लामिछानेलाई बयानका लागि अदालत उपस्थित गराइयो रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंदै शक्ति समूहकी संस्थापक सुनिता दनुवार घरमै मृत अवस्थामा फेला बालेनले नै दिएका थिए काठमाडौं टावरको नक्सा पासको स्वीकृति ! आधारहीन आरोप आलोचनात्मक पत्रकारिता होइन : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि हिउँदे वर्षा, कहाँ–कहाँ पर्दैछ पानी ?



अ+ अ-

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा आजदेखि हिउँदे वर्षा सुरु हुँदै छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा पानी पर्ने छ ।

काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर, त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

आज तराई र उपत्यकाक केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ । यसले यातायात क्षेत्रमा केही असर पर्न सक्ने भएकोले सावधानी अपनाउन सचेत गराइएको छ ।

यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कर्णाली र सुदूरपश्चिममा मंगलबार पनि मौसम बदली भइ केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।