२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको हिरासतभित्रै फोटो खिच्ने निकोलस पक्राउ



अ+ अ-

काठमाडौं । पोखरा प्रहरीको हिरासतमा रहेका बेला सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन् ।

काठमाडौंको थलीबाट भुसाललाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । भुसालमाथि थप अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले पोखरा पठाउँदै छ ।

भुसालले लामिछानेको फोटो आफूले प्रहरीकै सिसिटिभीमा खिचेको स्वीकार गरेका थिए । गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले बताएका थिए ।

उक्त फोटो आफूले फेसबुकमा पोस्ट गरेपछि रास्वपाको कार्यकर्ताले भाइरल बनाएको भुसालको भनाइ छ । आफू रास्वपाको सदस्य नभएको समेत उनले बताएका थिए ।

पछि लामिछानेलाई भेट्न जाँदा मोबाइल प्रहरीलाई बुझाएको पनि भुसालले बताएका छन् ।

लामिछाने पक्राउ परेदेखि कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया, सूचना अधिकारीसमेत रहेका डिएसपी बसन्त शर्मा लगायतले कार्यालयमा अरू प्रयोजनमा जाने सेवाग्राहीलाई पनि मोबाइल लैजान प्रहरीले रोक लगाएका छन् ।

भुसालले भने प्रहरी गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको बताएका छन् ।