८ पुष २०८१, सोमबार
,
Latest
रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंदै शक्ति समूहकी संस्थापक सुनिता दनुवार घरमै मृत अवस्थामा फेला बालेनले नै दिएका थिए काठमाडौं टावरको नक्सा पासको स्वीकृति ! आधारहीन आरोप आलोचनात्मक पत्रकारिता होइन : प्रेस काउन्सिल अध्यक्ष बस्नेत आजदेखि हिउँदे वर्षा, कहाँ–कहाँ पर्दैछ पानी ? एभर्टनसँग बराबरीमा रोकियो चेल्सी नौ गोलको थ्रिलिङ म्याचमा लिभरपुलले टोटेनहमलाई हरायो बर्नमाउथसँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार रवि लामिछानेको हिरासतभित्रै फोटो खिच्ने निकोलस पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई जना र गृहसचिवस्तरको सोही दिनको निर्णयबाट प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पाँच जना गरी पदोन्नति भएका सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहमा उहाँरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गर्नुभएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरा तथा प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा।राम प्रसाद शर्मा, डा।नविन लागेजु, डा।समृद्धि कार्की, डा।अन्जली तण्डुकार र प्रदिन ताम्राकार हुनुहुन्छ ।