८ पुष २०८१, सोमबार
,
Latest
रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंदै शक्ति समूहकी संस्थापक सुनिता दनुवार घरमै मृत अवस्थामा फेला बालेनले नै दिएका थिए काठमाडौं टावरको नक्सा पासको स्वीकृति ! आधारहीन आरोप आलोचनात्मक पत्रकारिता होइन : प्रेस काउन्सिल अध्यक्ष बस्नेत आजदेखि हिउँदे वर्षा, कहाँ–कहाँ पर्दैछ पानी ? एभर्टनसँग बराबरीमा रोकियो चेल्सी नौ गोलको थ्रिलिङ म्याचमा लिभरपुलले टोटेनहमलाई हरायो बर्नमाउथसँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार रवि लामिछानेको हिरासतभित्रै फोटो खिच्ने निकोलस पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इञ्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सवइञ्जिनियर लालमान तामाङ विरुद्ध रु १० लाख ८९ हजार नौ सय ८९ बराबरको बिगो दाबी गरेको छ ।

यसैगरी, रुबीभ्याली गाउँपालिकाका–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गरिएको छ । स्थानीय पागोदेखि स्कूलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध पनि रु १० लाख ८९ हजार नौ सय ८९ बराबर बिगो माग गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।