२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति सिग्देलबाट पूर्वी पृतना मुख्यालयको निरीक्षण



अ+ अ-

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देलले पूर्वी पृतना मुख्यालय र त्यहाँ अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गर्नुभएको छ ।

भ्रमणको क्रममा उहाँले धनकुटास्थित श्री भीमदल गण, झापा स्थित श्री अरिदमन गण, पाँचथर स्थित श्री रणशेर गण र ओखलढुंगा स्थित श्री दुर्गा बक्स गणको निरीक्षण गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले उक्त पृतना हेडक्वार्टर तथा अन्तरगतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो ।

निरीक्षण भ्रमणको दौरान सिग्देलले श्री नं. १८ वाहिनी अड्डा तथा अन्तरगतका फौजहरू सम्मिलित भई उदयपुर स्थित त्रियुगा इलाकामा सञ्चालन भइरहेको सामूहिक तालिमको पनि निरीक्षण गर्नुभएको थियो । निरीक्षणको दौरान प्रधान सेनापतिले सामूहिक तालिमको विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो ।

हाल नेपाली सेनाका युनिटहरूको आ-आफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिम सञ्चालन भइरहेको निर्देशनालयले जनाएको छ ।