२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाजुभाई आमनेसामने, आसिफलाई बुबा र आरिफलाई आमाको समर्थन



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहोदर दाजुभाइ आमनेसामने भएका छन् । राष्ट्रिय टिमका सदस्य समेत रहेका आरिफ शेख (दाइ) र आसिफ शेख (भाइ) एनपीएलमा फरक–फरक टिमबाट भिडेका हुन् ।

आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका छन् भने आसिफले जनकपुर बोल्ट्सको प्रतिनिधित्व गरेका छन् । आसिफ जनकपुर बोल्ट्सका मार्की प्लेयर पनि हुन् । एनपीएलको पहिलो संस्करणमा यी दुवै टीमले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

दुई दाजुभाई आज एनपीएलको उपाधिका लागि विपरित टोलीबाट प्रतिस्पर्धामा छन् । तर उनीहरुका बाबुआमालाई भने कस्को पक्ष लिने भन्ने तनाव छ ।

आफ्नो कोखबाट हुर्किएका दुई सन्तान खेलको मैदानमा आमनेसामने मात्र छैनन्, उपाधि होडका लागि आफ्नो सम्पूर्ण शक्तिका साथ मैदानमा उत्रिँदै गरेको अवस्थामा बाबुआमालाई सकस परेको हो ।

उनीहरूको खेल करिअरमै यो दुर्लभ घटना हुँदै छ कि दाइलाई हराए भाइले र भाइलाई हराए दाइले देशभित्रको सर्वाधिक ठूलो खेलको उपाधि पाउँदै छन् । यस्तो अवस्थामा परिवारका सदस्यले कसको पक्ष लिने ? अझ बुवाआमाले कसलाई समर्थन गर्ने ?

यो धर्मसंकट अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा मोहमद सलाम शेख र आमा प्रवीण बानुको दम्पतीलाई आइलागेको छ । किनभने, उनीहरूका छोराहरू आरिफ शेख र आसिफ शेख पहिलो एनपीएलको फाइनलमा फरक टिमबाट भिड्दै छन् ।

उत्कृष्ट प्रदर्शनका कारण यी दुवै टिम अन्य ६ वटालाई पछि पार्दै फाइनल पुगेका छन्। आरिफको टिम सुदूरपश्चिमले आसिफको जनकपुरलाई २ पटक हराइसकेको छ । जनकपुर ती दुवै हारको बदला फाइनलमा उपाधि कब्जा गरेर लिन खोज्दै छ ।

यो रोचक प्रतिस्पर्धाले शेख परिवारमा थप रोमाञ्चकता र उत्सुकता भरिदिएको छ । किनभने, बुवा आसिफलाई समर्थन गर्न पुगेका छन् भने आमा आरिफको पक्षमा उभिएकी छन् । उनीहरूले आफूले समर्थन गरेका टिम र खेलाडीको जर्सीसहितको तस्बिर नै खिचाएर सार्वजनिक गरेका छन् ।

राष्ट्रिय टिमबाट आरिफ र आसिफले धेरैपटक सँगै खेलिसकेका छन् । आरिफ नेपालको वान डे टिमका अभिन्न हिस्सा हुन् । टि २० मा भने उनको प्रदर्शन उल्लेखनीय छैन । आसिफ भने वान डे र टि २० दुवैमा नेपालका नियमित ओपनर हुन् ।

एनपीएलको अक्सनमा आरिफलाई सुदुरपश्चिमले १५ लाखमा किनेको थियो । आसिफले भने मार्की खेलाडीको रुपमा २० लाख पाएका छन् ।