२१ मंसिर २०८२, आईतवार
,
Latest
केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे कर्णालीद्वारा जनकपुरसामु १३० रनको लक्ष्य प्रस्तुत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठ)
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु– १९ महिला एसिया कपः ओभर घटाइएको खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ११ ओभरमा ८ विकेटको क्षतिमा ५४ रन जोड्यो ।

नेपालका लागि साबित्री धामीले एघार, पूजा महतोले नौ, एलिशा कुमारी यादवले आठ, ज्योत्स्निका मरासिनीले पाँच, तिर्सना विश्वकर्माले चार, सिमाना केसी र कुसुम गोदारले तीन–तीन रन बनाए ।

बलिङतर्फ बंगलादेशका फर्जाना इस्मिन, फहोमिदा चोया, हबिबा इस्लाम र अनिसा अक्तर सोवाले एक–एक विकेट लिए । नेपालका तीन खेलाडी रनआउट भए ।

वर्षा बाधक भएपछि खेललाई ११ ओभरमा झारिएको छ । यस खेलमा बङ्गलादेशलाई हराएमा नेपाल फाइनलमा पुग्नेछ । नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन् ।

सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो ।