१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामस्थित दुर्गा मन्दिरमा पुरुषको शव फेला



अ+ अ-

जनकपुर । जनकपुरधामस्थित दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित दुर्गा मन्दिरमा अन्दाजी ६० वर्षको पुरुषको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

इँटा प्रहार गरी उनको हत्या गरेको जस्तो देखिएकोले प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

मृतक पुरुषको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ । घटना शंकास्पद देखिएको र यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।