२० माघ २०८१, आईतवार
,
Latest
क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने: ट्रुडो अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो म्याग्दीका जिसस प्रमुख सहकारी ठगी आरोपमा पक्राउ बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा २० वर्ष पछि धकेलिन्छः अध्यक्ष… नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय आज प्रमाणीकरण भएको हो।

संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधान विपरित रहेकोले हटाउन माग गर्दै ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले आव २०८१/८२ को बजेट वक्तव्यको बुँदा नं २, विनियोजन ऐन २०८१ मा र मधेस प्रदेशको बजेटमा प्रयोग भएको जनयुद्ध शब्द हाललाई प्रयोग नगर्न अन्तरिमआदेश जारी गरेको हो ।

साथै सरकारलाई लिखित जवाफ पेस गर्न पनि सर्वोच्चले आदेश दिएको छ। जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२९५० प्रतिकूल भएको सर्वोच्चको ठहर छ ।