१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीलाई हराउँदै जनकपुर एनपिएलको फाईनलमा



अ+ अ-

काठमाडौँ । कर्णाली याक्सलाई हराउदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाईनल पुगेको छ ।

भर्खरै सम्पन्न दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउदै जनकपुर बोल्ट्स फाइनल प्रवेश गरेको हो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरको लागि जेम्स निशानले सर्वाधिक ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । यस्तै, शेर मल्लले १० बलमा अविजित १६ रन बनाउदा हर्ष ठाकेरले १७ र आकाश त्रिपाठीले १३ रन जोडे ।

कर्णालीको लागि विपिन शर्माले सर्वाधिक तीन विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र जिशन मक्सुदले एक एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर जम्मा ११८ रन बनाएको थियो ।कर्णलीको लागि गुलशन झाले सर्वाधिक २५ रन बनाएका थिए । देव खनालले २४ रन बनाउँदा विलियम बोसिस्टोले १४, जिसन मक्सुदले १२ र क्याडविक वाल्टनले ११ रन जोडे ।

बलिङतर्फ जनकपुरका ललित राजवंशी, जेम्स निशम र मोहम्मद मोसिनले दुई दुई विकेट लिए । हर्ष ठाकेर र शेर मल्लले एक एक विकेट लिए ।

अब जनकपुरले शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिमको सामना गर्नेछ ।