२३ भाद्र २०८३, मंगलवार
,
Latest
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीलाई हराउँदै जनकपुर एनपिएलको फाईनलमा



अ+ अ-

काठमाडौँ । कर्णाली याक्सलाई हराउदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाईनल पुगेको छ ।

भर्खरै सम्पन्न दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउदै जनकपुर बोल्ट्स फाइनल प्रवेश गरेको हो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरको लागि जेम्स निशानले सर्वाधिक ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । यस्तै, शेर मल्लले १० बलमा अविजित १६ रन बनाउदा हर्ष ठाकेरले १७ र आकाश त्रिपाठीले १३ रन जोडे ।

कर्णालीको लागि विपिन शर्माले सर्वाधिक तीन विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र जिशन मक्सुदले एक एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर जम्मा ११८ रन बनाएको थियो ।कर्णलीको लागि गुलशन झाले सर्वाधिक २५ रन बनाएका थिए । देव खनालले २४ रन बनाउँदा विलियम बोसिस्टोले १४, जिसन मक्सुदले १२ र क्याडविक वाल्टनले ११ रन जोडे ।

बलिङतर्फ जनकपुरका ललित राजवंशी, जेम्स निशम र मोहम्मद मोसिनले दुई दुई विकेट लिए । हर्ष ठाकेर र शेर मल्लले एक एक विकेट लिए ।

अब जनकपुरले शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिमको सामना गर्नेछ ।