४ पुष २०८१, बिहीबार
,
Latest
भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था छः अध्यक्ष कार्की संविधान संशोधनमार्फत दलित शब्द हटाउँः वामदेव गौतम भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी गठबन्धनका सांसदबीच झडप ‘पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्नेमा जोड’ मन्त्रिपरिषद बैठक स्थगित कर्णालीलाई हराउँदै जनकपुर एनपिएलको फाईनलमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारलाई निर्देशन राज्यका निकायहरुमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानून आवश्यकः न्यायाधीश मल्ल बैंकहरुलाई खराब कर्जा र तरलता व्यवस्थापनको चुनौति प्रहरीले रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाललाई कारवाही गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन



अ+ अ-

जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उहाँको उपचारका क्रममा आज निधन भएको उहाँका भतिजा नरेश झाले जानकारी दिनुभयो ।

समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । विसं २०५६ मा बलरा गाविस अध्यक्ष पदमा निर्वाचित हुनुभएका उहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बलरा नगरपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । झाका श्रीमती, एक छोरा र चार छोरी छन् ।

झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बलरा–४ मा आज शोक बिदा दिएको वडाध्यक्ष मणिभूषण सिंहले जानकारी दिनुभयो । सिंहद्वारा जारी सार्वजनिक सूचनामा वडाभित्रका सम्पूर्ण सरकारी कार्यालय, संस्था तथा विद्यालय आज बन्द गर्ने निर्णय भएको उल्लेख छ । मृदुभाषी स्वभावका झाको निधनले कुशल राजनीतिज्ञ र समावसेवीे गुमाएको उहाँले बताउनुभयो ।

यसैबीच, सङ्घीय सांसद अमरेशकुमार सिंहले आज एक शोक सन्देश जारी गर्दै बलरा–४ का पूर्ववडाध्यक्ष, कुशल समाजसेवी एवं राजीतिज्ञ झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा धेर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।