१ माघ २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाईनल पुग्न कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाईनल प्रवेशको लागि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर जम्मा ११८ रन बनायो ।

कर्णलीको लागि गुलशन झाले सर्वाधिक २५ रन बनाए । देव खनालले २४ रन बनाउँदा विलियम बोसिस्टोले १४, जिसन मक्सुदले १२ र क्याडविक वाल्टनले ११ रन जोडे ।

बलिङतर्फ जनकपुरका ललित राजवंशी, जेम्स निशम र मोहम्मद मोसिनले दुई दुई विकेट लिए । हर्ष ठाकेर र शेर मल्लले एक एक विकेट लिए ।