२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’बन्यो सर्वाधिक कमाउने हिन्दी फिल्म



अ+ अ-

एजेन्सी । । अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ सबैभन्दा धेरै ग्रस कमाइ गर्ने हिन्दी फिल्म बनेको छ ।

यो तेलुगू फिल्मको हिन्दी संस्करणले श्रद्धा कपुर स्टारर कमेडी–हरर ड्रामा ‘स्त्री २’ को कमाइलाई पनि उछिनेको टाइम्स अफ इण्डियाले लेखेको छ ।

फिल्मले मंगलबार छिटो ६०० करोड भारु कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो । यसअघि शाहरुख खानको ‘जवान’लाई उछिन्दै ‘स्त्री २’ धेरै कमाउने हिन्दी फिल्म बनेको थियो । ‘स्त्री २’ले ५९७.९९ करोड भारु कमाएको थियो ।

‘पुष्पा २’ ले प्रदर्शनको १४ दिनसम्म ६०७.३५ करोड भारु कमाएको छ । पहिलो साता यसले सबै संस्करणमा ७२५ करोड भारु कमाएको थियो । त्यसको ६ दिनमा फिल्मले २५७ करोड भारु अतिरिक्त कमाइ गरेको हो ।

भारतभर अहिलेसम्म यो फिल्मको ग्रस कलेक्सन ९७३.१ करोड भारु पुगेको छ । भारतभर धेरै कमाउने फिल्मको कीर्तिमान रच्न यो फिल्मलाई थप ३० करोड जरुरी हुन्छ ।

भारतमा अहिलेसम्म धेरै कमाउनेमा एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली २ स् द कनक्लुजन’को नाममा छ । जसले भारतीय बक्स अफिसमा एक हजार ३० करोड भारु कमाएको थियो ।




भर्खरै