५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’बन्यो सर्वाधिक कमाउने हिन्दी फिल्म



अ+ अ-

एजेन्सी । । अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ सबैभन्दा धेरै ग्रस कमाइ गर्ने हिन्दी फिल्म बनेको छ ।

यो तेलुगू फिल्मको हिन्दी संस्करणले श्रद्धा कपुर स्टारर कमेडी–हरर ड्रामा ‘स्त्री २’ को कमाइलाई पनि उछिनेको टाइम्स अफ इण्डियाले लेखेको छ ।

फिल्मले मंगलबार छिटो ६०० करोड भारु कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो । यसअघि शाहरुख खानको ‘जवान’लाई उछिन्दै ‘स्त्री २’ धेरै कमाउने हिन्दी फिल्म बनेको थियो । ‘स्त्री २’ले ५९७.९९ करोड भारु कमाएको थियो ।

‘पुष्पा २’ ले प्रदर्शनको १४ दिनसम्म ६०७.३५ करोड भारु कमाएको छ । पहिलो साता यसले सबै संस्करणमा ७२५ करोड भारु कमाएको थियो । त्यसको ६ दिनमा फिल्मले २५७ करोड भारु अतिरिक्त कमाइ गरेको हो ।

भारतभर अहिलेसम्म यो फिल्मको ग्रस कलेक्सन ९७३.१ करोड भारु पुगेको छ । भारतभर धेरै कमाउने फिल्मको कीर्तिमान रच्न यो फिल्मलाई थप ३० करोड जरुरी हुन्छ ।

भारतमा अहिलेसम्म धेरै कमाउनेमा एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली २ स् द कनक्लुजन’को नाममा छ । जसले भारतीय बक्स अफिसमा एक हजार ३० करोड भारु कमाएको थियो ।