२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल दोस्रो क्वालिफायर: कर्णालीविरुद्ध टस जितेर जनकपुरले पहिला बलिङ गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरका कप्तान आसिफ शेखले पहिला बलिङ रोजेका छन् ।

कर्णाली याक्स बुधबार भएको एलिमिनेटर खेलमा बलियो प्रतिस्पर्धी चितवन राइनोजलाई हटाउँदै क्वालिफायरमा पुगेको हो ।

जनकपुर बोल्ट्स भने बुधबार नै भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो क्वालिफायरको विजेता सुदूरपश्चिमसँग खेल्ने छ ।

कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको दोस्रो क्वालिफायर खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

कर्णाली याक्सको प्लेइङ-११

सोमपाल कामी, जयकिशन कोल्सावाला, चाडविक वाल्टन(विकेटकिपर), विलियम बासिस्टो, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, युनिश विक्रम सिंह ठकुरी र नन्दन यादव ।

जनकपुर बोल्ट्सको प्लेइङ-११

आकाश त्रिपाठी, आसिफ शेख, लाहिरु मिलान्था(विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, शेर मल्ल, मयन यादव, किशोर महतो र ललित राजवंशी।