५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल दोस्रो क्वालिफायर: कर्णालीविरुद्ध टस जितेर जनकपुरले पहिला बलिङ गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरका कप्तान आसिफ शेखले पहिला बलिङ रोजेका छन् ।

कर्णाली याक्स बुधबार भएको एलिमिनेटर खेलमा बलियो प्रतिस्पर्धी चितवन राइनोजलाई हटाउँदै क्वालिफायरमा पुगेको हो ।

जनकपुर बोल्ट्स भने बुधबार नै भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो क्वालिफायरको विजेता सुदूरपश्चिमसँग खेल्ने छ ।

कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको दोस्रो क्वालिफायर खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

कर्णाली याक्सको प्लेइङ-११

सोमपाल कामी, जयकिशन कोल्सावाला, चाडविक वाल्टन(विकेटकिपर), विलियम बासिस्टो, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, युनिश विक्रम सिंह ठकुरी र नन्दन यादव ।

जनकपुर बोल्ट्सको प्लेइङ-११

आकाश त्रिपाठी, आसिफ शेख, लाहिरु मिलान्था(विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, शेर मल्ल, मयन यादव, किशोर महतो र ललित राजवंशी।