२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरासतमा रवि सुतेको भाइरल तस्बिरबारे अनुसन्धानमा जुट्यो प्रहरी



अ+ अ-

पोखरा । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सुतिरहेको सिसिटिभी फोटो बाहिरिएपछि प्रहरीले तस्बिरबारे छानबिन थालेको छ ।

बुधवार रातिदेखि भाइरल भएको सो तस्बिरमा रवि सुतिरहेको देखिन्छ । उनको साइडमा टेबल र त्यसमाथि किताब पनि छन् । यो फोटो किन र कसरी सार्वजनिक गरियो भन्नेबारे छानबिन भईरहेको प्रहरीले जनाएको छ ।

उक्त फोटो केही दिनअघि सामाजिक अभियान्ता भनिने डा निकोलश भुसाल नामक फेसबुक आइडीबाट पोष्ट भएको थियो । तर उनले अहिले डिलिट गरिसकेका छन् । निकोलशले उक्त तस्बिर आफैँले खिचेको र कसैलाई दोषारोपण नगरेको भन्दै तस्बिर खिचेर सार्वजनिक गरेकोमा फेसबुकबाटै माफी मागेका छन् ।

सभापति लामिछानेको सचिवालयले भने प्रहरीले नै उक्त फोटो सार्वजनिक गरेको दाबी गरेको छ । लामिछानेको सचिवालयमा रहेका प्रमोद न्यौपानेले लेखेका छन्, ‘रवि लामिछानेको हिरासतमा सुतिरहेको यो सिसिटिभीबाट लिएको फोटो बाहिरिएको छ । सिसिटिभीको नियन्त्रण प्रहरीसँग हुन्छ । त्यसैले यो फोटो प्रहरीबाटै बाहिरिएको हो । कुन उद्देश्यमा यो फोटो बाहिर लगियो ? यसको जवाफ प्रहरीले दिनुपर्छ ।’

कास्की प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी अजयबाबु ओलियाले भने, ‘हामी त्यो फोटोको विषयमा अनुसन्धान गरिरहेका छौं ।’

सहकारी ठगी प्रकरणमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रवि कास्की प्रहरीको हिरासतमा छन् ।